४ कार्तिक २०८३, बुधबार

सरकारले क्रमश लकडाउन खुकुलो पार्दै खोल्ने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । सरकारले लकडाउन खुलाउने तयारी थालेको छ ।

सरकारले जेठ २५ गतेदेखि लकडाउन खुकुलो पार्दै भदौ मसान्तसम्ममा लकडाउन खुलाउने तयारी गर्न थालेको छ । कोरोनाभाइरस संक्रमितहरु कम भएका जिल्लाहरुमा पहिलो चरणमा जेठ २५ बाट लकडाउन खुकुलो पार्न लागिएको हो ।

जेठ महिनाभित्रै खुकुलो पारेर र असार १ देखि भदौ मसान्तसम्ममा क्रमशः लकडाउन खुलाउने सरकारले तयारी गर्ने भएको छ ।

शुक्रबार उपप्रधानमन्त्री तथा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले केही मन्त्रीहरुसँगको अनौपचारिक छलफलमा लकडाउन खुकुलो पार्दै खोलिने बताइएको छ ।

असार १ गतेदेखि जन जीवन सामान्य बनाउनेतर्फ सरकार लागेको हो ।

त्यसका लागि जेठ २५ गतेदेखि भदौ मसान्तसम्मको कार्ययोजना तयार पारिएको छ । जसमा एक मिटरको दूरी कायम राखेर उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु जेठ २५ देखि खोल्ने गरी कार्ययोजना अघि सारिएको हो ।

त्यस्तै, ठूला मलहरु पनि मापदण्ड पूरा गरेर खोलिने भएका छन् । त्यसैगरी संक्रमणको केसलाई हेरेर सरकारले भदौ मसान्तसम्म लकडाउन पूर्ण रुपमा खोल्ने कार्ययोजना ल्याएको हो ।

यस विषयमा आइतबारको मन्त्रिपरिषदको बैठकले थप छलफल गरी निर्णय गर्नेछ ।