४ कार्तिक २०८३, बुधबार

डडेल्धुरामा एकै दिन ५ जनामा कोरोना पोजेटिभ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २३ जेठ । डडेल्धुरा जिल्लामा एउटै गाउँपालिकामा ५ जना व्यक्तिमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

धनगढीस्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुरा जिल्लाका मात्रै ५ जनामा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताएका छन्

संक्रमित पाँचै जना भारतबाट आएर क्वारेन्टाईनमा बसेका र संक्रमतिहरु पाचै जना गन्यापधुरा गाउपालिकाका रहेका छन् । २ जना वडा नं. १ का र ३ जना वडा नं. २ का पुरुष रहेका छन् ।

यो संगै डडेल्धुरामा संक्रमितको संख्या ६ पुगेको छ जसमध्ये १ जना कोरोना जितेर घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पतालका अनुसार शुक्रबार सुदुरपश्चिममा १ जना कैलाली र ५ जना गन्यापधुराका गरी ६ जना संक्रमितहरु थपिएका छन् ।