काठमाडाैं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्त गरेकाे हाे । दाहाल हाल बोर्डको सदस्य रहेका थिए ।
बोर्ड अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएकोमा दयारामसहित भुवन केसी र राजेश थापाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो ।
अध्यक्षमा नियुक्त दाहाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मानिन्छन् । उनले प्रमुख दाबेदार केसीलाई पछाडि पार्दै अध्यक्ष हुन सफल भएका हुन् ।















प्रतिक्रिया