४ कार्तिक २०८३, बुधबार

२ दिनभित्र लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समितिलाई सरकारको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउनको मोडालिटी तय गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले समितिलाई २ दिनभित्र लकडाउनको मोडालिटी तयार गर्न निर्देशन दिएको हो ।

लकडाउनका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले लकडाउनको स्वरुप परिवर्तनबारे गृहकार्य गर्न निर्देशन दिएको हो । समितिले खाका तयार पारेपछि मन्त्रिपरिषदमा पेश गरिने स्रोतले जनाएको छ ।

उच्चस्तरीय समितिले निरन्तर रुपमा विज्ञहरुसँग सुझाव लिने काम गरिरहेको छ ।