४ कार्तिक २०८३, बुधबार

६ प्रहरी र २ सेनासहित बारामा १० जना कोरोना संक्रमित निको भए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । बारामा १० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

६ जना प्रहरी र २ सेनासहित १० जना संक्रमित निको भएका हुन् ।

कलैया अस्पतालबाट ७ र वीरगञ्जको गण्डक कोभिड १९ अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा बारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक, नायब निरीक्षकसहित ६ जना प्रहरी रहेका छन् । त्यस्तै, जिल्लाकै एक जना रेडियाकर्मी डिस्चार्ज भएका छन् ।

त्यसैगरी, नेपाली सेनका २ जवान र एक जना संक्रमित बालक निको भएर घर फर्केका हुन् ।

यससँगै जिल्लामा ७० जना संक्रमितमध्ये १२ जनाले कोरोना जितेका छन् ।