
काठमाडौँ, २२ जेठ । रौतहटमा थप ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा २ जना महिला र ६३ जना पुरुष रहेका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या ३ सय ८३ जना पुगेको छ ।
थपिएका संक्रमितहरु ईशनाथ नगरपालीकामा ४६, गुजरा नगरपालिकामा ८, फटुवा विजयपुरमा–१ चन्द्रपुरमा १ माधवनारायणमा १, गढीमाईमा ७ र दुर्गाभगवती गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाकारी दिएका छन् ।
उनीहरुको टेकु र धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा सक्रमण पुष्टि भएको घिमिरेले जनाएका छन् ।
जिल्लामा पछिल्लो संक्रमितहरु सबै भारतका विभिन्न स्थानबाट फर्किएका कामदार रहेका छन् ।
भारतमा लकडाउन खुकुलो भएसँगै त्यहाँ फसेँका नेपालीहरु फर्किरहेका छन् । उनीहरुमध्येमा संक्रमण भेटिएको जनाइएको छ ।















प्रतिक्रिया