४ कार्तिक २०८३, बुधबार

मोडल अधिकारीद्वारा कर तिर्न गरिएको ताकेताको विरोध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल सुष्मा अधिकारीले समयसीमा तोकेर कर तिर्न सरकारद्वारा गरिएको सूचनाको विरोध गरेकी छिन् ।

अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेर कर तिर्न गरिएको ताकेताको विरोध जनाएकी हुन् । उनले जनतालाई घरमा थुनेर कर तिर्न गरिएको ताकेताको विरोध गरेकी छिन् ।

‘जनतलाई घरभित्र थुनेर जनताको समस्यामा मलमपट्टि लगाउने त कता कता सरकारका कर्मचारी पाल्न कर तिर्नुस रे !’, उनले भनेकी छिन् ।

‘भित्रभित्रै जनता बहुलाइसकेका छन् के–के तिर्ने हो ?’, उनले भनेकी छिन्, ‘लकडाउन खुलेपछि सरकारले के कहाँ कस्तो असर गर्‍यो अध्ययन गरेर अघि बढ्ने कि ? लुट्ने नीति लिने ?’