१२ कार्तिक २०८३, बिहिबार

धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा कडाई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २२ जेठ । धादिङ जिल्ला प्रवेश गर्ने प्रत्येक नाकामा थप कडाई गर्ने जिल्ला सुरक्षा समिति धादिङले निर्णय गरेको छ ।

कोरोनाभाईरस अर्थात कोभिड १९ रोकथाम तथा उपचारको सम्बन्धमा जिल्ला सुरक्षा समिति धादिङको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न धादिङ जिल्लासगँ जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रजिअ तामाङका अनुसार जिल्लासँग जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गस्ती गर्न जिम्मा समेत दिइसकिएको छ ।