२८ आश्विन २०८३, बुधबार

सहमतिमै सेक्स, पैसा थोरै दिएपछि बलात्कारको आरोपमा कुटिकुटी हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-killed

नयाँदिल्ली । भारत नागाल्याण्डमा बलात्कारको आरोपमा पुरुषको कुटीकुटी हत्या गरेको घटनाले नयाँ मोड लिएको छ । बलात्कार अभियोगमा हत्या गरिएको पुरुषले सहमतिमै यौन सम्बन्ध राखेको तर पैसा थोरै दिएका कारण घटनाले अर्कै रुप लिएको राज्य सरकारको रिपोर्ट छ ।

नागाल्याण्डको दीमापुरमा गत साता भएको घटनाका बारेमा केन्द्र सरकारलाई रिपोर्ट पठाउँदै राज्य सरकारले आसाम करीमगञ्जका शरिफ खानमाथि बलात्कारको आरोप लगाउने युवतीलाई बलात्कार गरेको नभई सहमतिमा यौन सम्बन्ध राखेको उल्लेख छ ।

युवतीले आफ्नो खुसीले उनीसँग गएर यौन सम्बन्ध राखेकी थिइन् । तर, धेरै पैसा मागेपछि झगडा परेको थियो । त्यसलगत्तै युवतीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

युवतीको उजुरीको आधारमा पक्राउ परेपछि पनि खानले आफूले ती युवतीसँग सहमतिमा २ पटक यौन सम्बन्ध राखेको र ५ हजार रुपैया दिएको बताएका थिए । २४ फेब्रुअरीमा गिरफ्तारपछि दीमापुर जेलमा रहेका उनलाई जबरजस्ती बाहिर निकालेर कुटेर क्रुरतापूर्वक हत्या गरिएको थियो ।

युवतीले सहमतिमै यौन सम्बन्ध राखेको खुलासा भएपछि कुटपिट र हत्यामा संलग्न ४७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । -समाचार एजेन्सीको सहयोगमा