
काठमाडौं । चलचित्र विकास बोर्डको नयाँ अध्यक्षका लागि अभिनेता भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सिफारिस गरेको छ ।
आगामी मन्त्रिपरिषदको बैठकले रिक्त विकास बोर्ड अध्यक्षमा यी तीन मध्ये एक जनालाई नियुक्त गर्नेछ ।
बोर्ड अध्यक्षका लागि ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।
तत्कालिन अध्यक्ष केशव भट्टराईको २९ मंसिरमा निधन भएपछि उक्त पद रिक्त छ ।















प्रतिक्रिया