३ कार्तिक २०८३, मंगलबार

ललितपुर मालपोतका अधिकृतमाथि १० करोड बढीको भ्रष्टचार मुद्दा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

नासु हुँदै हाल उनी ललितपुर मालपोत कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

निजामति सेवामा प्रवेश गरेपछि ढकालले साली जेठान लगायतका बैंक खाताबाट कारोबार गर्ने गरेको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले उजुरीका आधारमा गरेको अनुुसन्धानमा ढकालले सेवाअवधिमा आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेर खर्च गरेको भेटिएको हो