३ कार्तिक २०८३, मंगलबार

८ कांग्रेस सांसदले गराए संविधान संशोधन विधेयक दर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । कांग्रेसका ८ सांसदहरुले संघीय सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गराएका छन् ।

मंगलबार संशोधन दर्ता गराउन जाने सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरी रहेका छन् ।

राजपा र समाजवादीले संशोधन दर्ता गराएपछि तराइको भूमिको प्रतिनिधित्व गर्न कांग्रेस सांसदले विधेयक दर्ता गराएका हुन् ।

केन्द्रीय समितिको निर्णयअनुसार नै संशोधन दर्ता गराइएको सांसदहरुले बताएका छन् ।

कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाकै सल्लाहमा संशोधन दर्ता गराएको सांसदहरुले जनाएका छन् । उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित बिषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन् ।

समावेशी प्रतिनिधित्वका स्थानमा समानुपातिक शब्द थप गरिएको छ । विधेयकमा कांग्रेसको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो । अहिले संशोधनमा ती सबै बिषय हूबहु राखिएका छन् ।