काठमाडौँ, २० जेठ । राष्ट्रवादी युवाको झापाको बिर्तामोडमा एमसीसीको विरोध गर्दै प्रदर्शन गरेको छ ।
सरकारले एमसीसी पारित गर्न लागेको र यो राष्ट्रका लागि घातक भएको भन्दै राष्ट्रवादी समूहका युवा तथा सामाजिक अगुवाले विरोध प्रदर्शन गरेका छन् ।
लकाडाउनको बेलामा पनि करिब २ सय जनाको सहभागितामा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा कोरोनाको भयभन्दा राष्ट्रियताको मोह धेरै भएको भन्दै राष्ट्रलाई आघात पुग्ने निर्णय नगर्न पनि खबरदारी गरिएको थियो ।
विरोध प्रदर्शनमा राष्ट्रवादी युवाको सहभागिता रहेको समाजसेवी छवि बास्कोटाले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस