३ कार्तिक २०८३, मंगलबार

प्रदेश २ मा थप १२० जनामा कोरोना, रौतहटमा मात्रै ७४ जना थपिए

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । प्रदेश दुईमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रदेश दुई स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसमा रौतहटमा मात्रै ७४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेश दुईमा कोरोना संक्रमित ८ सय १५ जना पुगेका छन् ।

सोमबारमात्रै प्रदेश २ मा ८२ जना संक्रमित थपिएका थिए ।