
काठमाडौँ, २० जेठ । कपिलवस्तुमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार थपिएकासहित जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।
नयाँ थपिनेमा शिवराज नगरपालिकाका १५ जना रहेका छन् । जसमा वडा नं. ३ का ३, वडा नं. ४ का २, वडा नं. ५ का ४ जना रहेका छन् ।
त्यस्तै, वडा नं. ६, ८ र १० का एक एक जना तथा वडा नं. ११ का ३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
त्यस्तै, वाणगंगा नगरपालिका वडा नं. ४ का १ पुरुष र महाराजगञ्ज नगरपालिका वडा नं. १० का १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु १७ देखि ४२ वर्षसम्मका रहेका छन् ।















प्रतिक्रिया