३ कार्तिक २०८३, मंगलबार

दाङका कोरोना संक्रमतिलाई डेङ्गु भेटियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १८ जेठ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ । यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । –रासस