
काठमाडौँ, १८ जेठ । दाङका २ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दाङका ९ जनामा आइतबार कोरोना पुष्टि भएको थियो । तिमध्ये २ जना स्वास्थ्यकर्मी रहेका खुलेको छ ।
क्वारेन्टाइनमा निरन्तर खटिएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । प्रतिष्ठनमा गरिएको परीक्षणमा २ जना स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना देखिएको हो ।
यससँगै दाङ ३४ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ३२ जना भारतबाट आएका छन् भने २ जना स्वास्थ्यकर्मी रहेका छन् ।















प्रतिक्रिया