३ कार्तिक २०८३, मंगलबार

५७ जिल्लामा फैलियो कोरोना, कुन प्रदेशका कति जिल्लामा ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । आइतबार थप ४ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

बाजुरा, तनहुँ, कालीकोट र सल्यानमा नयाँ संक्रमितहरु थपिएका हुन्।

देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित पुगेका छन् । जसमा आइतबार मात्रै १६६ जना संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन् भने दोस्रोमा प्रदेश ५ र त्यसपछि प्रदेश १ मा रहेका छन् ।

त्यस्तै, आइतबार थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै, हालसम्म ५७ जिल्लामा संक्रमण फैलिसकेको छ । जसमा प्रदेश १ का ९, प्रदेश २ को ८, बागमती प्रदेशका १२, गण्डकी प्रदेशका ६, प्रदेश ५ का ९, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।