३ कार्तिक २०८३, मंगलबार

किसानलाई रासायनिक मलमा भन्सार छुट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । सरकारले किसानलाई रासायनिक मलमा भन्सार नलगाउने भएको छ ।

कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार नलाग्ने भन्सार विभागले जनाएको छ ।

विगतमा जस्तै रासायनिक मलमा किसानले छुट पाउने भएका छन् । तर औद्योगिक प्रयोजनको लागि भने रासायनिक मलको भन्सार लाग्नेछ ।

कृषकको नाममा अन्य प्रयोजनको लागि प्रयोग हुने रासायनिक मलको भन्सार लाग्नेछ ।

भन्सार विभागका अनुसार कतिपय रक्सी कम्पनी तथा अन्य उद्योगहरुले पनि युरियासहितका मलको खपत गर्छन् । त्यसमा भने भन्सार लाग्नेछ ।

तर किसानहरु भने अलमलमा नपर्न विभागले आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ मा युरिया मलको अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, भन्सार विभागका महानिर्देशकले विद्युतीय चुलोमा चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार तोकिएको थियो । लकडाउनको अवधिमा दुई महिनाका लागि यस्तो चुलोमा लाग्ने भन्सार शून्यमा झारिएको थियो । १५ जेठपछि पुनः १५ प्रतिशत भन्सार लगाइएको छ ।

तर आगामी आर्थिक वर्ष सुरु भएपछि भने विद्युतीय चुलो (इन्डक्सन) मा लाग्ने भन्सार ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गरिएको छ ।