३ कार्तिक २०८३, मंगलबार

कोरोना संक्रमणले २ वर्षीया बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १८ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) का कारण बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शनिबार राती २ बजे बालिकाको मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालले बालिकाको मृत्यु कोरोनाको कारण भएको पुष्टि गरेको छ ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको परिवार ८ दिनअघि भारतबाट आएको थियो ।

उनीहरुलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । बालिकालाई जेठ १५ गतेदेखि आइसोलेसनमा राखिएको थियो ।

बालिकाको मृत्यु हुने बितिकै स्वावको पीसीआर परीक्षणका लागि धनगढी पठाइएको थियो । आइतबार आएको रिपोर्टमा बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा कोरोनाभाइरस संक्रमणले ७ जनाले ज्यान गुमाइसकेका छन् । बालिकाको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।