
काठमाडौँ, १८ जेठ । प्रदेश दुईमा थप ६० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
धनुषमा २१ जना, रौतहटमा २९ जना र सर्लाहीमा १० जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहटका संक्रमितहरु जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका हुन् ।
त्यस्तै, धनुषा र सर्लाहीका क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ सय ९ जना पुगेको छ ।















प्रतिक्रिया