३० आश्विन २०८३, शुक्रबार

भारतले अधिकार सुनिश्चित नगरे सिक्किम भारतको २२औं अङ्ग होइनः केबी राई

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किमेले अझै पनि भारतको २२औं अङ्ग होइन भन्न सक्ने अधिकार लिएर बसेको छ ।

विधान सभामा यसको प्रस्ताव पारित गरेर भारतले पुरानै संघीयतामा बस्ने पार्न सक्छ भन्ने कडा प्रतिक्रिया सिक्किम रिपल्बिकन पार्टी (एसआरपी) का संस्थापक अध्यक्ष केबी राईले व्यक्त गरेका छन् ।

उनले गत २३ मईको दिन दिल्ली सरकारले सिभिल डिफेन्समा नियुक्तिको निम्ति जारी गरेको विज्ञापनमा सिक्किमलाई छुट्टै राष्ट्रको दर्जामा राखिएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो मन्तव्य पोखेका हुन् ।

उनले राज्य सरकार र राज्यका अन्य राजनैतिक दल र सिक्किम सब्जेक्टका हिमायतीहरूले गरेको प्रतिक्रियालाई उनले सिक्किमेको गौरव र स्वाभिमानलाई मास्ने लम्पसार दास मानसिकताको उपज रहेको दाबी गरे ।

राजधानी गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर भरत सरकारले पनि यस्तो लम्पसार मानसिकतालाई बुझेर कहिले विश्वास नगर्ने तथा अन्य शक्तिशाली देशको शरण पाए भारतलाई पनि धोका दिन पछि पर्दैन भन्ने थाहा भएको दाबी गर्दै सरकारले सिक्किम सब्जेक्टको विरूद्धमा दर्ता गरेको प्रतिक्रिया सिक्किमेको अस्तित्व र स्वाभिमान विरोधी रहेको ठोकुवा गरे ।