३ कार्तिक २०८३, मंगलबार

कोरोनाका कारण थप एकको मृत्यु, ज्यान गुमाउनको संख्या ७ पुग्यो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण सातौँ व्यक्तिको मृत्यु भएको छ ।

दैलेखको दु्ल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

क्वारेन्टाइनमा एक्कासी बेहोस भएर मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।

ति युवकको शनिबार विहान मृत्यु भएको थियो । भारतबाट फर्केका उनी क्वारेन्टाइनमा बसेको १० भएको थियो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।