३ कार्तिक २०८३, मंगलबार

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्देशन दिएको कांग्रेस प्रवक्त विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग नेपालको भएको भन्दै यी भूभाग समेटेर सरकारले जारी गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न प्रवक्ता शर्माले ट्वीटरमार्फत लेखेका छन् ।

सरकारले जेठ ७ गते अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुसारको मिलाउन सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते दर्ता गराएको छ ।