काठमाडौँ, १५ जेठ । सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएपछि मुल्य बढ्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको घोषणा गरे ।
त्यस्तै, सुन र सुनका गरहनामा पनि भन्सार शुल्क वृद्धि गरेको उनले घोषणा गरे ।
यता, हवाइ इन्धनमा लाग्दै आएको पूर्वाधार करमा भने सरकारले छुट दिने घोषणा गरेको छ । अब बजेटको कार्यान्वयनसँगै हवाइ भाडा भने सस्तो हुने भएको छ ।
नेपाल आयल निगमले हवाइ इन्धनमा पूर्वाधार करबापत प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो । उक्त करको छुटसँगै हवाइ इन्धनको मुल्य उल्लेख्य रुपमा घट्नेछ । यसरी बजेटको कार्यान्वयनपछि हवाइ उडानको मुल्य घट्ने सरोकारवाला बताउँछन् ।
उता, चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताए ।