३ कार्तिक २०८३, मंगलबार

जनतालाई राहत दिने बजेट आयो, म खुशी छु : अध्यक्ष प्रचण्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रस्तुत भएको बजेटबाट आफू खुशी एवम् सन्तुष्ट रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत भएपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै दाहालले महामारीको परिस्थितिमा पनि बजेट जनतालाई राहत दिने हिसाबले जनपक्षीय बजेट आएको भन्दै आफू खुसी रहेको जनाए ।

उनले अहिलेको परिस्थिति जटिल रहेको बताउँदै आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वबाट यसको समाधान गर्दै लानुपर्ने जोड दिए ।

दाहालले बजेटले निम्न वर्गका समुदायलाई पनि सम्बोधन गर्ने र राहत दिने प्रयास गरेको बताए ।