काठमाडौँ, १४ जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको निधन भएको हो ।
जेठ ११ गते अस्पताल भर्ना भएका उनको जेठ १२ गते स्वाब संकलन गरिएको थियो ।
उनको वुधबार साँझ मृत्यु भएको हो । मृत्युको केही समयपछि आएको रिपोर्ट कोरोना पोजेटिभ देखिएको ललितपुर जनस्वास्थ्य जनाएको छ । उनी अल्कोहलिक लिभर डिजिजका कारण अस्पताल भर्ना भएका थिए ।
यद्यपि यसबारे हालसम्म स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
त्यस्तै, वुधबार साँझ संक्रमितको संख्या ९ सय १ जना पुगेको छ । जसमा आजै एकैदिन १ सय २९ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस