३ कार्तिक २०८३, मंगलबार

सेनाले बिहीबार तेस्रो लटको २८ टन स्वास्थ्य सामाग्री चीनबाट ल्याउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । सेनाले चीनबाट खरिद गरेको २८ टन स्वास्थ्य सामग्रीको बिहीबार काठमाडौँ ल्याउने भएको छ ।

सेनाले तेस्रो लटको सामाग्री बिहीबार ल्याउने भएको हो । त्यसका लागि बुधबार बेलुकी चीनको गोन्जाउको लागि काठमाडौंबाट जहाज उडिसकेको छ ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो । दोस्रो लटमा जहाजबाट करिब १९ टन सामग्री ल्याएको थियो ।

तेस्रो लटमा करिब २८ टन सामग्री आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । ।

अब बाँकि सामग्री भने स्थलमार्गबाटै आउने समेत प्रवक्ता पाण्डेले बताए । सेनाले करिब दुई अर्ब २६ करोडमा २ सय ४३ टन स्वास्थ्य सामाग्री खरिद गरेको थियो । चीनबाट खरिद गरिएका ६७ थरी स्वास्थ्यसामाग्री खरिद गरेको बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताए ।