१२ कार्तिक २०८३, बिहिबार

क्वारेन्टाईनमा बसेका व्यक्तिको भोक सञ्चारकर्मीले मेटाए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना

डडेलधुरा, १३ जेठ । डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा क्वारेन्टिनमा रहेको ८० जनाको भोक संचारकर्मीले मेटाएका छन् ।

गौरीफन्टा नाकाबाट उद्धार गरि आइतबार राति डडेल्धुराको बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका ८० जना दिनभरि भोकै रहेको जानकारी पाएपछि संचारकर्मीले सोमबार बिहान उनीहरूलाई चाउचाउ, चिउरा र पानी वितरण गरेका हुन् ।

कैलालीदेखि डडेलधुरा आउँदा बाटोमा राति पैसा दिएर खाजा खान खोजे पनि कसैले खानेकुरा दिन नमानेको उनीहरूको गुनासो थियो ।

सीमाबाट उद्धार गरि क्वारेन्टाईन पुग्दासम्म आफूहरू अपराधी जस्तै भएको एकजना क्वारेन्टाईनमा रहेका व्यक्तिले बताए ।

नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर साउदको सहयोगमा डडेल्धुराका संचारकर्मी धनबहादुर भण्डारी र बरुण पनेरुले क्वारेन्टिनमा पुगी खानेकुराहरू दिएका थिए ।

आइतबार राति अबेर उनीहरूलाई उद्धार गरि डडेल्धुरा क्याम्पस पुर्‍याइएकोले राति खानेकुराको लागि केही समस्या भएको स्थानीय निकायले बताएको छ ।