२८ आश्विन २०८३, बुधबार

धुम्रपान त्याग्न चाहनुहुन्छ, यी उपायहरु अपनाउनुहोस्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

no-smokeकाठमाडौं । विश्वमा धुम्रपान सेवनका कारण वर्षेनी हजारौ मान्छेको ज्यान जाने गरेको छ । धुम्रपानले क्यान्सर जस्ता खतरनाक रोगहरु समेत लाग्ने गरेका छन् । हामीले यहाँ धुम्रापान छुटाउन अपनाउने विधीबारे वर्णन गर्न खोजेका छौं ।

१) धुम्रपान त्याग्न सर्बप्रथम मानसिक रुपले तयार हुनुहोस् । भगवानलाई सम्झेर चुरोट छोड्ने प्रण गर्नुहोस् र यस् कार्यका लागि आवश्यक आत्मबल प्राप्त गर्न प्रथना गर्नुहोस् । यस कार्य सफलतापुर्बक सम्पन्न गर्न आवश्यकता सबै भन्दा शक्तिशाली हतियार आत्मबल नै हो । चुरोट छोड्ने कार्यमा द्रिढता र आत्मबल जुटाउनु सबैभन्दा महत्वपूर्ण कार्य हो ।

२) एउटा मिति निश्चित गर्नुहोस् र त्यो दिन देखी धुम्रपान चटक्क छाडिदिनुहोस् । ‘आज एक दिन खान्छु भोली देखी छाडुला’ भनेर कहिले पनि सोचाई नराख्नुहोस्, त्यसको सट्टा ‘आज एक दिन खादिन भोली देखा जाएगा’ भन्ने सोचाई राख्नुहोस् र भोली पनि यस्तै सोचाई राख्नुहोस् । यसरी तपाईंको चुरोट खाने भोलीको दिन कहिले आउने छैन् ।

३०) धुम्रपान छाड्ने बितिक्कै तपाईंका शरीरले धुम्रपानका खराबीबाट स्वास्थलाभ भएको अनुभब गर्न थाल्ने छ । शुरु शुरुमा रिङ्गटा लाग्नु, रिस उठ्नु, टाउको तथा घाँटी दुख्नु जस्ता लक्षण देखिन्छन । तर चिन्ता नगर्नुहोस् यो सामान्य कुरा हो । एक दुई हप्तामा स्वतः हराएर जानेछ ।

४) आफ्नो कोठाबाट धुम्रपानका सम्पूर्ण साधनहरु जस्तै (तमाखु, खैनी, चुरोट, बिंडी, लाइटर, सलाई, हुक्का, एस्ट्रे आदिलाई फ्याकीदिनुहोस् ।

५) आफुलाई सुरु सुरुमा भरसक ब्यस्त राख्नुहोस् । सधैं सक्रिय रहनुहोस्, दौडधुप गर्नुहोस् यसले तपाईंलाई धुम्रपान छाड्न मद्दत गर्नेछ ।

६) पानी धेरै पिउनुहोस् त्यसको लागि पानीको भाडो आफ्नो नजिकै राख्नुहोस् ।

७) चुरोट नकिनेर बचाएको पैसाले आफ्नो घर व्यबहारको कुनै बिशेष सामान किन्नुहोस् अथवा आफ्नो श्रीमती वा छोरा छोरीहरुलाई उपहार किन्नुहोस् ।

८) आफ्नो दैनिक कार्यक्रममा परिवर्तन गर्नुहोस् र सधैं चुरोट किन्न पसलमा नजानुहोस् ।

९) कुनै दुःख वा धेरै खुशी मनाउन आज चाँही एउटा खान्छु भनेर नखानुहोस् । किनभने एउटले अर्को र अर्कोले झन अर्कोलाई बढाउने काम शुरु गर्छ ।

१०) यो कुरा दिमागमा राख्नुहोस् कि धुम्रपान बिनाको प्रत्यक दिन तपाईं, तपाईंको परिवार , तपाईंको खल्ती र तपाईंको सहकर्मीहरु सबैको लागि खुशीको दिन हो । एजेन्सीको सहयोगमा