
काठमाडौँ, १२ जेठ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का नयाँ कोरोना संक्रमति युवक एम्बुलेन्स चालक रहेको खेलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमितमध्ये बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका युवा पनि थिए । उनी आफ्नो निजी गाडीलाई आवश्यक परेकाका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका थिए ।
नगरपालिकामा १ सय १ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ५९ जनाको रिपोर्ट आएको थियो । त्यसैमा ति युवकमा कोरोना पुष्टि भएको हो ।
उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखिने बताइएको छ ।















प्रतिक्रिया