मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

८ दिनअघि मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

दैनिक नेपाल २०७७ जेठ १२ गते १४:४६

काठमाडौँ, १२ जेठ । ८ दिनअघि मृत्यु भइसकेका एक वृद्ध व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

वीरगन्जस्थित गत जेठ ४ गते नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा ति व्यक्तिको मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षणको रिपोर्ट कोरोना देखिएको हो ।  उनको दाहसंस्कार समेत गरिसकिएको छ ।

उनको कोरोना परीक्षणका रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । नेसनल मेडिकल कलेज चाँहि उनको मृत्यु भएको जानकारी नारायणी अस्पताललाई भने गराएको छैन ।

जेठ २ गते श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतले ग्रस्त भएका ती वृद्ध सिकिस्त भएपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

कोरोना आशंकामा उनको स्वाब संकलन गरेर नारायणी अस्पताल पठाइएको थियो । वृद्धको जेठ ४ गते नै मृत्यु भइसकेको छ । नेसनल मेडिकलले उनको रिपोर्ट नआउँदै शव जिम्मा लगाएको थियो । उनको १० दिनपछि रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको हो ।

नेसनल मेडिकलका अनुसार ति वृद्ध निकै सिकिस्त रहेको र उनलाई सुरुमै भेन्टिलेटरमा राखिएको जनाएको छ । उनको जेठ ४ मा मृत्यु भएको र शव कहाँ राख्ने भनेर परिवारको जिम्मा लगाइएको मेडिकलले जनाएको छ । नारायणी अस्पतालबाट रिपोर्ट शंकास्पद छ भन्ने जानकारी नआएकोले शव बुझाइएको नेसनल मेडिकलले जनाएको छ ।

नारायणी अस्पतालका अनुसार ति वृद्धको स्वाब जेठ ४ मा परीक्षण गर्दा शंकास्पद आएको र पुनः दोस्रोपटक जेठ ५ मा पनि परीक्षण गरिएको थियो ।

दोस्रो टेस्टमा पोजेटिभ आएपछि रिकन्फर्म गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि दुई पटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ पुष्टि भएको हो ।

नेसनल मेडिकलले भने नारायणी अस्पतालसँग समन्वय नै नगरी शव जिम्मा लगाएको हो । हाल मृतकको उपचारमा संलग्न मेडिकलका चिकित्सक एवम् स्वास्थ्यकर्मी आइसोलेसनमा बसेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छ । मन्त्रालयले थप विवरण अध्ययन भइरहेको जनाउँदै केहीबेरमा यकिन गर्न सकिने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित