
काठमाडौँ, १२ जेठ । धनुषाको क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका थिए । ४५ वर्षीय र ३१ वर्षीय दुई प्रहरीमा कोरोना संक्रमण देखिएको प्रदेश दुईको प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार धनुषाका ३ जना संक्रमित देखिएको छ । यसमध्ये दुई जना प्रहरी छन् ।
उनीहरुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको छ ।















प्रतिक्रिया