
काठमाडौँ, १२ जेठ । त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि अवरुद्ध कोरोना परीक्षण सोमबारदेखि पुनः सुरु भएको छ ।
अस्पतालमा आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको हो । पीसीआर मेसिन बिग्रिएकाले अस्पतालमा परीक्षण रोकिएको थियो ।
कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो। कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो ।
त्यहाँको मेसिन स्थानान्तरणपछि कमिटी गठन गरिएसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति पनि दिसकेको छ ।
मेसिनमा एक पटकमा ९६ स्वाब परीक्षण हुन सक्छ ।















प्रतिक्रिया