३ कार्तिक २०८३, मंगलबार

रौतहटमा २६ जना कोरोना संक्रमित थपिए

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । रौतहटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको राजपुरका २४ र इशनाथ नगरपालिका २ जनामा संक्रमण देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदव घिमिरले पुष्टि गरेका छन् ।

राजपुर र इशनाथको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै भारतबाट फर्किएका नेपाली हुन् ।

भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । ९६ जनाको स्वाब संकलन गरी गत मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा २६ जनामा कोरोनाभाइरस संक्रमण भेटिएको हो ।

उनीहरुलाई राजपुरमै आइसोलेसनमा राखिने भएको छ ।

राजपुरको क्वारेन्टाइनमा ६ सय जनाभन्दा बढी रहेका छन् । जसमा २ सय जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको परीक्षणको रिपोर्ट केही दिनमा आउने प्रजिअ घिमिरेले जनाएका छन् ।

रौतहटमा पछिल्लो एक सातामा २ हजार ६ सय ४० जना नेपाली भारतबाट फर्किएका थिए ।

यसअघि रौतहटमा २१ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ३ जना निको भएका छन् । अन्यको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ ।

थपिएका २६ जना संक्रमितसहित रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ ।