२८ आश्विन २०८३, बुधबार

सुत्ने बेला घुर्ने समस्या छ ? अब चिन्ता नलिनुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghurne-problemबनेपा, २८ फागुन । नाक, कान र घाँटी विशेषज्ञ चिकित्सकको तीनदिने सातौँ राष्ट्रिय सम्मेलनमा घुर्ने समस्या बारेमा छलफल गरिने भएको छ ।

नाक, कान र घाँटी विशेषज्ञ समाजको आयोजनामा सुरु भएको सो सम्मेलनमा नाक, घाँटी र कानको सुन्दरता कसरी कायम गर्ने तथा घाँटीको अर्बुदरोग विषयमा अन्तर्राष्ट्रिय ज्ञान, सीप र अभ्यासबारे आदानप्रदान हुने धुलिखेल अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ तथा आयोजक समितिका सचिव डा. विकासलाल श्रेष्ठले जानकारी दिनुभयो ।

मलेसिया, दक्षिण कोरिया, भारतमा गरिएका नाक, कान र घाँटीको शल्यक्रियाको अभ्यास बारेमा पनि छलफल हुनेछ ।

छलफलबाट घुर्ने समस्याको समाधानका लागि आवश्यक टिप्स दिईने जनाइएको छ । उक्त टिप्स प्रयोग गरेमा घुर्ने समस्याबाट छुटकारा पाउन सकिनेछ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय रुपमा देखिएको चुनौती र अवसरको सदुपयोगका विषयमा तथा शल्यक्रियामा आएका नयाँ नयाँ प्रविधि र दृष्टिकोणका बारेमा पनि छलफल हुने छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५० कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलनमा धुलिखेल अस्पतालमा नाक, कान र घाँटीको शल्यक्रिया गरेको प्रत्यक्ष प्रसारण गरी देखाइएको छ । सम्मेलनमा विदेशीसहित देशभरबाट १५० नाक, कान र घाँटी रोग विशेषज्ञ सहभागी छन् ।