मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

अब संसदको लोगो पनि परिवर्तन हुने

दैनिक नेपाल २०७७ जेठ ११ गते १५:१५

फाइल तस्वीर

काठमडौँ, ११ जेठ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

आइतबार विहान ११ बजे सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार रोष्ट्रममा राखिएको प्रतीक (लोगो) र सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ ।

बैठकले निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित