३ कार्तिक २०८३, मंगलबार

भक्तपुरमा एक महिलामा कोरोना संक्रमण

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । थपिएका ९ जना कोरोना संक्रमितमा भक्तपुरकी एक महिला पनि रहेकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरकी ४२ वर्षीय महिलामा करोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौँमा परीक्षण गरिएको थियो ।

उपत्यकाभित्र अहिलेसम्म काठमाडौंमा १०‚ भक्तपुरमा ४ र ललितपुरमा १ गरी कूल १५ जनामा कोरोना संक्रमण देखिएको छ ।