३ कार्तिक २०८३, मंगलबार

बारामा ६ जनासहित थपिए ९ जना कोरोना संक्रमित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी शुक्रबार राति ९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।