२८ आश्विन २०८३, बुधबार

एमाओवादीमा निर्वाचन जारी, भट्टराईले बहिष्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburamकाठमाडौ । एकीकृत नेकपा माओवादीको पोलिटब्युरोका लागि मतदfन सकिएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको मतदानमा केन्द्रीय समितिका ११६ जनाले मतदान गरेका छन् । एमाओवादीको केन्द्रीय समिति १५१ केन्द्रीय सदस्यीय छ । तर, भट्टराई पक्षका नेता भने आएनन् ।

केन्द्रीय समितिले ५१ सदस्यीय पोलिटब्युरो चयन गर्नेछ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल गत वैशाखमा नै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित भइसक्नुभएका कारण ५० पोलिटब्युरो सदस्यका लागि मात्रै निर्वाचन भएको छ । निर्वाचित पोलिटब्युरोले १७ सदस्यीय स्थायी समिति निर्वाचित गर्नेछ । निर्वाचित स्थायी समितिले पदाधिकारीको निर्वाचन गर्नेछ ।

एमाओवादीको विधानमा आवश्यकताअनुसार उपाध्यक्ष र सचिव रहने व्यवस्था रहेको छ । नेता डा बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने सहमति यसअघि नै भएका कारण पदाधिकारीको संख्या नौ पुग्न सक्ने बताइएको छ । निर्वाचनका लागि सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंको संयोजकत्वमा रामनाथ मैनाली र रामनारायण बिंडारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।