काठमाडौं, २८ फागुन । राजधानी लगायत देशैभरीको मासुको मूल्य दोब्बरले बढेको छ ।
चिसो मौसममा कुखुरा तथा खसीबोकाको उत्पादन कम हुने भएकाले मासुको मुल्य दोब्बरले बढेको व्यवसायीहरुले बताएका छन् ।
बोइलर कुखुराको मासुको मूल्य पनि आकासिएको छ । जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार/पाँच महिनायताकै उच्च बनाएका छन् ।
पहिले दुई सय रुपैयाँ पाईने बोइलर कुखुराको मासु अहिले ह्वात्तै बढेर दोब्बर भएको छ । अहिलेको बजार मूल्य अनुसार बोइलर कुखुराको मासु ४ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, खसी बाख्राको मूल्य पनि ह्वात्तै बढेको छ ।
व्यावसायीहरुले पसलै पिच्छे आ-आफ्नै किसिमले मूल्य निर्धारण गरी बिक्री गर्दै आएका छन् । मासु व्यवसायी सङ्घले मासुको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरे पनि व्यवसायीले त्यसलाई टेरेका छैनन् ।
मासुको मूल्य दोब्बरले बढ्दा उपभोक्ताहरु मारमा परेका छन् । चौतर्फी मंहगीको मार खेप्दै आएका उपभोक्ताले मासुमा पनि महंगो मूल्य तिर्न बाध्य छन् । बजारमा उपभोक्ताको माग बढेपछि विक्रेताहरुले मौकाको फाईदा उठाउँदै महंगोमा बेच्दै आइरहेका छन् ।














प्रतिक्रिया