३ कार्तिक २०८३, मंगलबार

थप ४ जनाले जिते कोरोना, टेकु अस्पतालबाट डिस्चार्ज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनीहरुको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा भक्तपुर र काठमाडौँका दुई दई जना रहेका छन् । अस्पतालका अनुसार डिस्चार्ज हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।

भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला वैशाख ३१ गते टेकु अस्पताल भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । यससँगै कोरोनाभाइरस मुक्त हुनेको संख्या ४९ पुगेको छ ।