३ कार्तिक २०८३, मंगलबार

बारामा थप १ जनामा कोरोना संक्रमण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । बारामा एक जना युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको दिल्लीबाट केहीदिन अघि आएका पचरौता नगरपालिका १ का ३० वर्षीय युवकमा बिहीबार संक्रमण देखिएको हो ।

ति युवक भारतको सीमावर्ती आदापुरमा भारतीय क्वारेन्टाइनमा बसेका थिए । नेपाल आएर पनि उनी क्वारेन्टाइनमै बसेका थिए । भारतमा रहँदा नै भारतीय सुरक्षाकर्मीले ति युवकको स्वाब संकलन गरेका थिए । उनको रिपोर्ट बिहीबार पोजेटिभ आएको जानकारी भारतीय सुरक्षाकर्मीले दिएको बारा प्रहरीले जनाएको छ ।

उनी केहीदिनदेखि नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनको रिपोर्ट भारतमा चेक गर्दा पोजेटिभ आएपनि नेपालमा पुनः परीक्षण गरिने जनाइएको छ ।