मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बाँकेका ६ नयाँ संक्रमित जेठ २ गते भारतबाट आएको खुलासा

दैनिक नेपाल २०७७ जेठ ७ गते १९:४७

काठमाडौँ, ७ जेठ । बाँकेका नयाँ ६ जना कोरोनाभाइरस संक्रमित जेठ २ गते भारतबाट आएको खुलेको छ ।

वुधबार संक्रमित नरैनापुर वडा नं. ५ का १७, २०, २८, ३९ र ४० वर्षका पुरुष जेठ २ गते भारतको महाराष्ट्रबाट फर्किएका बुझिएको छ । खजुरा ५ का २७ वर्षीय युवक पनि जेठ २ गते नै नेपाल प्रवेश गरेका थिए ।

आजका थपिएका नयाँ संक्रमितहरु एकै दिन भारतबाट आएका बाँके जिल्लाले पनि पुष्टि गरेको छ । वैशाख ३० गते ४ ५ सय मानिसहरु भारतबाट फर्किएका थिए । १ सय ५८ नमुना संकलन गरिएकामध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।

वुधबारसम्म नरैनापुरमा ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

नरैनापुर ५ निवासी २५ वर्षीय युवकको सोमबार कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित