३ कार्तिक २०८३, मंगलबार

कालापानीबारे चीनले भन्याे, ‘एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल’

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ जेठ । चीनले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गरेको छ ।

भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनलाई जवाफ दिने क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बेइजिङमा भनेका छन्, ‘कालापानी नेपाल र भारतको इस्यु हो ।

हामी विश्वास गर्छौँ कि दुई देशले मैत्रीपूर्ण संवादबाट आपसी मतभेद समाधान गर्नेछन् अनि एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ पनि उनीहरूले ध्यान दिनेछन् ।’

प्रवक्ता जाओ लिजियानलाई कालापानीका सम्बन्धमा सेन्झेन टिभीका पत्रकारले प्रश्न सोधेका थिए । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।