३ कार्तिक २०८३, मंगलबार

कालापानी विवादबारे यस्तो छ चीनको धारणा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । चीनले कालापानी सीमा विवादबारे बोलेको छ ।

चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको सरोकारको विषयमा भएको बताउँदै दुवैले एकपक्षीय कदम बन्द गरेर मैत्रीपूर्ण संवादमार्फत विवाद हल गर्ने आशा लिएको बताएको छ ।

चिनियाँ विदेशमन्त्री झाओ लिजियानले भारतीय सेना प्रमुखको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नमा यस्तो बताएका हुन् ।

भारतीय सेना प्रमुखले अरु कसैले उक्साएको आधारमा नेपालले लिपुलेकमा बनेको सडकको विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले भने, “कालापानी नेपाल र भारतको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले समाधान गर्नेछन् ।” यस अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम चाल्न नहुने उनले बताए ।

यसअघि भारतले नेपालको भूमि अतिक्रमण गरेर चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेको थियो । नेपालले यसको कडा आपत्ति जनाउँदै मन्त्रिपरिषदबाट अतिक्रमित भूमि समेटिएको नयाँ नक्सा पारित गरेको छ ।