३ कार्तिक २०८३, मंगलबार

नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । नेपालमा पहिलोपटक चिकित्सकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत ललितपुरका चिकित्सकमा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुर स्वास्थ्य कार्यालयका अुनसार ती चिकित्सक महाशाखाको फिल्डमा कार्यारत थिए । २६ वर्षीय ती चिकित्सिक बाहिरका भएको र उनको ठेगाना मात्रै ललितपुर लेखिएको पनि खुलेको छ ।

ती डाक्टर स्वाब संकलनका लागि कपिलवस्तु तथा रुपन्देहीमा गएका थिए । स्वाब संकलन गरेर फर्किएका उनमा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका ४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

उनीसँग सम्पर्कमा आएका अन्यको खोजीमा रहेका विभागले जनाएको छ । चिकित्सकमा देखिएको भने नेपालमा यो पहिलो हो भने नर्सहरुमा भने यसअघि संक्रमण देखिसकेको छ ।

जिल्लाका ५ वटा पालिकामा ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये ३ सयको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी ५ सयको रिपोर्ट भोलि आउने छ ।

नेपालमा मंगलबार थप २७ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमा ३४० पुरुष र ६२ जना महिला रहेका छन् । ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।