३ कार्तिक २०८३, मंगलबार

सर्लाहीका दुवै संक्रमित पुरुष अहिले काठमाडौँमै रहेको खुलासा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । सर्लाहीका २ जना कोरोना संक्रमित हाल काठमाडौँमै रहेको खुलेको छ ।

मंगलबार पुष्टि भएका २७ जनामध्ये दुई जना सर्लाहीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ति दुवै संक्रमित पुरुषहरु अहिले काठमाडौँमै बसिरहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिएका छन् ।

जिल्लाबाट स्वाब संकलन गराएर नपठाएको अधिकारीले बताए । उनीहरुले आफैँ टेकूमा परीक्षण गराएको र सर्लाहीमा भाडाको घरमा बसेका उनीहरुले सर्लाहीका भएका बताएको अधिकारीले जनाएका छन् ।

उनीहरु एक जना बागमती नगरपालिका वडा नं. ९ का ३४ वर्षीय पुरूष र अर्का हरिवन नगरपालिका नयाँ रोड निवासी ३१ वर्षीय पुरूष रहेका जनाइएको छ ।