३ कार्तिक २०८३, मंगलबार

१ सय ९१ जना सञ्चारकर्मीको स्वाब संकलन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा १ सय ९१ जना सञ्चारकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा मंगलबार महासंघ केन्द्रीय कार्यालयमा १ सय ९१ पत्रकारको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति धन्यबाद व्यक्त गरेका थिए ।

उनले आज स्वास्थ्य परीक्षण गरिएका सबै पत्रकार कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएको भन्दै परीक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे ।

त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाइरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अति संवेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सही तरिकाले प्ररिचालन गर्नेपर्ने बताए । उनले निजि क्षेत्रका स्वास्थ्यकर्मीलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि परिचालन गर्नुपर्ने धारणा राखे ।