काठमाडौं । सुर्य पूर्वबाट उदाउने भएपनि रसियाको एक गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको छ ।
तीन अलग अलग ठाउँमा सुर्य उदाएको दृष्य सार्वजनिक भएको छ ।
रसियाको काजाकिस्तान सिमानादेखि ८० माइल टाढाको एक गाउँमा विहान एक्कासी तीनवटा सुर्य उदाएको स्थानियले बनाएका छन् ।
तीनवटा सूर्य उदाएपछि चेलियाविंस्कका स्थानीयबासी आश्चर्यचकित परेका छन् । यो घटना विश्वमै नौलो हो ।
स्थानीयका अनुसार सुर्यका तीनवटा किरण पालैपालो संगसंगै उदाएका थिए । तर तीनवटा सुर्य आकाशबाट उदाएको हैन् ।
आँखाले हावामा देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीन ठाउँमा अलग अलग देखाएको थियो ।
माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै कारण अप्टिकल भ्रम देखिने गरेको खबरहरु सार्वजनिक भएका छन् ।
तीनवटा सुर्यको किरण सामाजिक सञ्जालमा भाइरल बनेको छ । तीनवटा सुर्यको किरण देखिएपछि संसारभरीमा मान्छे आश्चर्यचकित परेका छन् । एजेन्सीको सहयोगमा













प्रतिक्रिया